काठमाडौं । इन्ग्लिश क्लब लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले आफ्नो टिम यस सिजनको टिम अफ दि इयर भएको बताएका छन् ।प्रोफेसनल फुटबलर एसोसिएसन पीएफएले बिहिबार सार्वजनिक गरेको प्रिमियर लिगको ‘पीएफए टिम अफ दि इयर’ मा लिभरपुलका चार खेलाडी अटाएका थिए ।
तर, प्रशिक्षक क्लोपले आफ्नो टिम नै यस सिजनको टिम अफ दि सिजन भएको दाबी गरेका छन् । त्यहाँ चार, पाँच, छ र सात जति पनि खेलाडी अटाउन सक्छन्, क्लोपले भने, उनीहरुले धेरै उत्कृष्ट खेलेका छन् । धेरै उत्कृष्ट क्षणहरु छन् । मेरा लागि मेरो टिम नै टिम अफ दि सिजन हो ।ु
पीएफएको टिम अफ दि इयरमा लिभरपुलका एन्ड्रयु रोबर्टसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भिर्गिल भान डिज्क र साडियो माने परेका थिए । त्यसबाहेक म्यानचेस्टर सिटीका ६ खेलाडी र युनाईटेडका १ खेलाडी टिममा अटाएका थिए ।
यस्तै प्रशिक्षक क्लोपले मोहमद सलाह टिम अफ दि इयरमा नपर्दा आश्चर्य लागेको बताए । मोहमद यसका लागि हकदार थिए । उनि शीर्ष गोलकर्ता हुन् । उनले अविश्वसनीय र महत्त्वपूर्ण गोलहरू गरेका छन्,ु क्लोपले भने । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १३ शुक्रबार
Comments