काठमाडौं । साउथह्याम्टनका फरवार्ड सेन लङ इंग्लिस प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन् ।
प्रिमियर लिग अन्तर्गत मंगलबार राति वाटफोर्डविरुद्धको खेलमा लङले ७ सेकेन्डमै गोल गर्दै सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका हुन् ।
सन् २००० मा टोटनहृयामका पुर्व डिफेन्डर लिड्ले किङले ब्राडफोर्डविरुद्ध १० सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा छिटो गोल गर्ने कीर्तिमानलाई भंग गर्दै उनले आफ्नो नाम लेखाएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख ११ बुधबार
Comments