काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मंगलबार चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच खेल हुनेछ । दुई टोलीबीचको खेल राति ८स्१५ मा सुरु हुनेछ ।
चेन्नईस्थित चिदामबराम स्टेडियममा घरेलु टोली शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदान उत्रने छन् । लिगको दोस्रो स्थानमा रहेको चेन्नईको १० खेलबाट १४ अंक छ । यस सिजनको सुरुवात बाटै उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नईलाई शीर्ष स्थानमा फर्कने अवसर समेत रहेको छ ।
यस्तै चेन्नई यसै सिजनको पहिलो खेलमा हारेको बदला समेत लिन चाहन्छ । यस सिजनको पहिलो भेटमा हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो । हैदरावादलाई पराजित गरेमा चेन्नई दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ । दिल्लीको १४ अंक छ । नेट रन रेट आधारमा दिल्ली शीर्ष स्थानमा छ ।
चौथो स्थानको हैदरावादको ९ खेलबाट १० अंक छ । हैदरावाद चेन्नईलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ । पहिलो भेटको जितले हैदरावाद उच्च आत्मविश्वासका मैदान उत्रने छ । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १० मंगलबार
Comments