काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सम्झौता अवधि नसकिदै क्लब छाड्ने तयारी गरेका छन् ।
युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोले क्लब छाड्ने तयारी गरिरहेको इटालियन मिडियाहरुले जनाएको छ ।
इटालियन पत्रिका ला रिपब्लिकाले रोनाल्डो अर्को सिजन क्लबमा नरहने दाबी गरेको छ ।
क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन नसकेपछि रोनाल्डोले क्लब छाड्ने मनस्थिति बनाएको ला रिपब्लिकाले जनाएको छ ।
स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स पुगेका रोनाल्डोको क्लबसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ । उनको सम्झौता क्लवमा २०२२ सम्मका लागि रहेपनि उनले त्यो सम्झौता अगाडी नै छोड्ने सो पत्रिकाको दावी छ ।
प्रकाशित मितिः२०७६ वैशाख ६ शुक्रबार
Comments