काठमाडौं । युरोपा लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा चेल्सीले संघर्षपुर्ण जित निकालेको छ । बिहिबार राति भएको खेलमा चेल्सीले चेक टोली स्लाभिया प्रागलाई १–० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा एक मात्र गोल एलान्सोले गरे । खेल सकिन चार मिनेट बाँकी छदाँ विलियनको क्रसमा उनले गोल गरेका थिए । प्रागको घरेलु मैदानमा चेल्सी लयमा देखिन निकै संघर्षरत देखिन्थ्यो । मुख्य खेलाडी ईडेन हजार्डलाई लण्डन क्लबले बेन्चमा राखेको थियो । दोस्रो लेगको खेल अप्रिल १८ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २९ शुक्रबार
Comments