काठमाडौं । किंग्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चौंथो जित निकालेको छ । सोमबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौंथो जित निकालेको हो ।
चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले । राहुलले अविजित रहदै ७१ रनको योगदान दिए । यस्तै अग्रवाल ५५ रनमा आउट भए ।
यस्तै क्रिस गेल १६ रनमा आउट हुँदा डेभिड मिल्लर १ रनमा पेभेलियन फर्किए । साम करण ५ रनमा अविजित रहे हैदरावादका सन्दीप शर्माले २ विकेट लिए । राशिद खान र सिद्दार्थ काउलले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।
हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक होडाले अविजित १४ रन बनाए । पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले १र१ विकेट लिए ।
जितसंगै पन्जाबले ६ खेलबाट ४ जितसहित ८ अंक जोडेको छ । पन्जाब लिगको तेस्रो स्थानमा छ । हैदरावादले ६ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद लिगको चौंथो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २६ मंगलबार
Comments