काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा आर्सनल एभर्टनसँग १–० ले पराजित भएर यो मौका गुमाएको हो ।
घरेलु मैदानमा भएको खेलमा एभर्टनको जितमा फिल जागिएल्काले १० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सुरुमै १–० ले पछि परेको आर्सनलले खेलमा फर्किने प्रयास गरेको थियो तर सफल हुन सकेन ।
हारपछि चौथो स्थानको आर्सनलको ३२ खेलबाट ६३ अंक छ, चौथो स्थानको टोटनह्यामको ६४ तथा पाँचौँ स्थानको चेल्सीको ६३ अंक रहेको छ । जित निकालेको एभर्टन ३३ खेलबाट ४६ अंकसहित नवौँ स्थानमा उक्लिएको छ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २५ सोमबार
Comments