काठमाडौं । नेपालको यु १५ महिला भलिबल टिमले क्रोएसियामा जारी आइएसएफ वल्र्ड यु–१५ महिला भलिबल प्रतियोगितामा फेयर प्लेको ट्रफी जित्न सफल भएको छ ।
पहिलो पटक उमेर समुहको विश्व स्तरीय प्रतियोगितामा सहभागिता जनाएको नेपालले ऐतिहासिक सफलता हासिल गरेको हो । नेपाली टिमले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै फेयर प्लेको अवार्ड जित्न सफल भएको नेपाली टिमको नेतृत्व गरेका नेपाल विद्यालय खेलकुद महासंघका मासचिव राजकुमार कार्कीले बताए ।
नेपाल पहिलो खेलमा नेदरल्याण्डको टिमसंग २–० को सेटमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा ऐतिहासिक जित निकाल्ने क्रममा अजरबैजानलाई २–१ ले हराएको थियो । प्रतियोगितामा सहभागिता जनाउन खेलाडी सहितको १४ सदस्यीय टोली गत साता क्रोएसिया प्रस्थान गरेको थियो । नेपालको विद्यालयस्तरीय टिम न्यु डायमण्डले देशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएको हो ।
प्रकाशित मितिः२०७५ चैत २३ शनिबार
Comments