काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले यस सिजनको उपाधि जित्न क्लबलाई कठिन रहेको बताएका छन् ।
ला लिगा अन्तर्गत भिया रियलसंगको खेलमा बार्सिलोनाले बराबरी खेलेपछि प्रशिक्षक भालभर्डेले उपाधि कठिन बनेको बताएका हुन् ।
मंगलबार भएको खेलमा बार्सिलोनाले भिया रियलसंग ४(४ गोलको बराबरी खेलेको थियो ।
ुमलाई लाग्छ ला लिगाको उपाधि जित्न धेरै बाँकी छ। यो गाह्रो हुनेछ र टोलीहरूमा राम्रा खेलाडी छन्,ु प्रशिक्षक भालभर्डेले भने ।
उक्त बराबरीसंगै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंगको अंक दुरी फराकिलो बनाउन चुकेको थियो । लिग लिडर बार्सिलोनाले ३० खेलबाट ७० अंक जोडेको छ । एट्लेटिकोको ६२ अंक रहेको छ ।
अब बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिकोसंग खेल्दैछ । र, उक्त खेलले उपाधि होडको छिनोफानो गर्नेछ ।
ुमलाई लाग्छ यस खेलले हामीलाई धेरै सहयोग छन् । विशेष गरी अब हामीले प्रतिबद्धताको सामना गर्ने छौं ,ु प्रशिक्षक भालभर्डेले थपे । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार
Comments