काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज बिहिबार एक खेल हुँदैछ ।
बिहिबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ । दिल्लीमा हुने घरेलु टोली हैदरावादबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।
फिरोज कोट्ला स्टेडियममा दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दिल्लीले ४ खेलमा २ जित निकालेको छ । हैदारावादले २ जित निकालेको छ ।
पाँचौ स्थानको दिल्लीको ४ अंक छ । तेस्रो स्थानको हैदरावादको पनि ४ अंक रहेको छ ।
हैदरावादविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना बलियो रहेको छ । किनकी सन्दीपले पछिल्लो २ खेलमा उत्कृष्ट बलिङ गरिरहेका छन् ।
दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई खेलाएको थिएन् । तर , सन्दीपले पछिल्लो २ खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारीसकेका छन् ।
दिल्ली र हैदरावादबीचको पछिल्लो पाँच खेलमा हैदरावाद बलियो देखिएको छ । दिल्लीले २ खेलमा जित निकाल्दा हैदरावादले ३ खेल जितेको छ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार
Comments