काठमाडौँ । फुलहम शीर्ष डिभिजनको लिग इन्ग्लिश प्रिमियर लिग फुटबलबाट घटुवा भएको छ । लिग अन्तर्गत मंगलबार राति वाट्फोर्डसंग ४-१ गोल अन्तरले पराजित हुँदै फुलहम दोस्रो डिभिजनमा झरेको हो ।
वाट्फोर्डलाई जित दिलाउन अब्डोउलाए डोउकोरे, विल ह्युज, ट्रोए डेनी र किको फेमिनियाले एक एक गोल गरे । फुलहमका रायन बाबेलले एक गोल फर्काए । फुलहम शीर्ष डिभिजनमा फर्किएको सिजन नै घटुवा भएको हो । प्रिमियर लिगबाट घटुवा भएसंगै फुलहमले अर्को सिजन च्याम्पियनसिप खेल्ने छ ।
फुलहमले ३३ खेलबाट १७ अंक जोडेको छ । फुलहम पुछारबाट दोस्रोमा रहेको छ । फुलहम प्रिमियर लिगबाट घटुवा हुने दोस्रो क्लब हो । यसअघि हडर्सफिल्ड रेलिगेसनमा परिसकेको छ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २० बुधबार
Comments