काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ । नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरू हुने उक्त खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले खेल्नेछन् ।
हैदराबादको मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने उक्त खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । यसअघिको पहिलो खेलमा दुवै टोलीले पराजय भोगेका थिए । हैदराबादले कोलकत्ता नाइटराइडर्ससँग ६ विकेटले पराजय भोग्दा राजस्थानले किंग्स इलाभेन पञ्जावसँग १४ रनले हारेको थियो ।
आजको खेलमा हैदराबादको कप्तानी केन विलियमसनले गर्नेछन् भने उनलाई डेभिड वार्नर, महोम्मद नावी, युसुफ पठान, रशिद खान, श्रीवास्तव गोस्वामी, मनिष पाण्डे जस्ता खेलाडीले साथ दिनेछन् ।
यस्तै राजस्थानको कप्तानी अजिन्क्या रहानेले गर्नेछन् भने उनलाई स्टिभ स्मित, मनन वोह्रा, रियान पराग, श्रेयास गोपाल जस्ता खेलाडीले साथ दिनछन् ।
प्रकाशित मितिः२०७५ चैत १५ शुक्रबार
Comments