काठमाडौं । स्पेनले युरो कप छनोट फुटबलमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा स्पेनले माल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
माल्टामा भएको खेलमा स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले दुवै गोल गरे । पहिलो हाफको ३१ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।
खेलको ७३ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २-० को जित दिलाए । जितसंगै समूह एफु को स्पेनले २ खेलबाट ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले नर्वेलाई २-१ ले हराएको थियो ।
एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १३ बुधबार
Comments