काठमाडौं । युरोपेली च्याम्पियनसिपको छनोट चरणमा पोर्चुगलको बराबरीमा रोकिएको छ । सोमबार राति पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा पोर्चुगल सर्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।
पोर्चुगलका लागि ड्यानिलो परेराले एक गोल गरे । यस्तै सर्बियाका लागि डुसान टाडीसले एक गोल गरे । खेलको सातौं मिनेटमा टाडिसले गोल गर्दै सर्बियालाई सुरुवाती अग्रता दिएका थिए । ४२ औं मिनेटमा पोर्चुगलका परेराले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
क्रिस्टियानो रोनाल्डो खेलको ३१ औं मिनेटमा चोट बोक्दै मैदान छाड्न बाध्य भएका थिए । छनोट अन्तर्गत समूह ‘बी’ को अन्य खेलमा युक्रेनले लक्जेमबर्गलाई २-१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १२ मंगलबार
Comments