काठमाडौं । कप्तान विराट कोहली सस्तैमा आउट हुदाँ रोयल च्यालेन्जर्स बैङ्लोर पहिलो खेलमा पराजित भएको छ । आइपिएलको १२ औं संस्करणको उद्घाटन खेलमा साविकको विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले पराजित गरेको हो ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रिएको चेन्नईले टस जितेर च्यालेन्जर्सलाई ब्याटिङको अवसर दिएको थियो । ब्याटिङ्गमा उत्रिएको बैङ्लोरले १७।१ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो ।
बैङ्लोरका लागि पार्थिव पटेलले बाहेक अन्यले बढी स्कोर गर्न सकेनन् । उनले २९ रन बनाए । कप्तान कोहलीले मात्र ६ रन जोडे । १२ बलको सामना गरेका उनले मात्र ६ रन बनाएर आउट भएका थिए ।
चेन्नईका लागि हरभजन सिंह र इमरान ताहिरले समान तीन–तीन विकेट लिए । ७१ रनको लक्ष्य पाएको चेन्नईले ३ विकेटको क्षतिमा १७।४ ओभरमा लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि अम्बाती रायडूले २८ तथा सुरेश रैनाले १९ रन जोडे । सेनवाटसन शन्य रनमा आउट भए । केदार जादवले १३ रबिन्द्र जादेजाले ६ रन जोड्दै नटआउट रहे । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १० आइतबार
Comments