काठमाडौँ । लियोनेल मेसी भेनेजुएलाविरुद्धको खेलमा घाइते भएपछि अब मोरक्कोविरुद्धको खेलमा नखेल्ने भएका छन् । अर्जेन्टिना ३-१ गोल अन्तरले पराजित भएको सो खेलमा मेसी ९० मिनेट पुरा खेलेपनि उनलाई ग्रोईन कम्मर र तिघ्राको बिचको भाग इन्जुरी भएको बताइएको छ ।
अर्जेन्टिनी फुटबल फेडेरेसनले मोरक्कोविरुद्धको खेलमा मेसी नखेल्ने निश्चित गरेको छ । मेसीले आफ्नो उपचारको लागि टिमलाई छोड्ने फेडेरेसनले जानकारी दिएको छ । मेसीको इन्जुरीले बार्सिलोनाको चिन्ता बढाएको छ । बार्सिलोना ला लिगा अन्तर्गत यहि मार्च ३० मा इस्पेनियोलविरुद्ध खेल्दै छ ।
३१ बर्षिय मेसीको उत्कृष्ट प्रदर्शनकै कारण बार्सिलोना अहिले ला लिगा जित्ने संघारमा छ भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै कोपा डेल रेको पनि फाइनलमा पुगेको छ । मेसीले यस सिजनमा बार्सिलोनाका लागि ३६ खेलमा कुल ३९ गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत ९ शनिबार
Comments