काठमाडौं । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेल्न आज बुधबार भारत प्रस्थान गरेका छन् ।
यसै साता सुरु हुने आईपीएलका लागि सन्दीप बुधबार बिहान दिल्ली प्रस्थान गरेका हुन् । सन्दीपले गत बर्षको आईपीएलबाट नै टी ट्वान्टी क्रिकेटमा डेब्यु गरेका थिए । अघिल्लो बर्ष तत्कालिन दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप अहिले पनि सोही टिमबाट खेल्ने छन् । तर दिल्लीले नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स राखेको छ ।
आईपीएल मार्च २३ बाट सुरु हुँदैछ । सन्दीपको टिमको पहिलो खेल मार्च २४ मुम्बई इण्डियन्सविरुद्ध रहेको छ । सन्दीपले डेब्यु सिजन ३ खेलमा प्रभावशाली प्रदर्शन गर्दै ५ विकेट हात पारेका थिए ।
प्रकाशित मितिः२०७५ चैत ६ बुधबार
Comments