काठमाडौं । नेपाली फुटबल टोली मार्च २१ तारिखमा कुवेतविरूद्दको मैत्रीपूर्ण खेलका लागि मंगलबार कुवेत प्रस्थान गर्दैैछ । राष्ट्रिय टिमको नयाँ प्रशिक्षकका रूपमा नेपाल आएका योहान कालीनले सोझै २३ सदस्यीय नेपाली टोली छनोट गरेका थिए ।
राष्ट्रिय टिममा रहेका मुख्य खेलाडी यू–२३ च्याम्पियनसिपको छनोटमा भएकाले प्रशिक्षकले नयाँ खेलाडीलाई मौका दिएका हुन् । यसपटक टिममा आशिष लामा पहिलोपटक क्याम्पमा परेका छन् भने टंक बस्नेत, अजित भण्डारी, सुरज विक, रवि सिलवाल, सरोज दाहाल, सन्तोष तामाङ, रवि पासवान, राष्ट्रिय टोलीमा कमब्याक गरेका छन् ।
तर टिमका मुख्य खेलाडी मानिएका अजित भण्डारी, सुरज विक, रवि सिलवाल, सरोज दाहाल ६ खेलाडी टिममा हुने छैनन् । चोटका कारण मैदान बाहिर रहेका विक्रम लामा, रञ्जित धिमाल, रन्जन विष्ट र सुमन लामा पनि टिममा फर्किएका छन् । कुवेतविरूद्दको मैत्रीपुर्ण खेल नेपाली प्रशिक्षक योहान कालीनका लागि पहिलो खेल हुनेछ ।
प्रकाशित मितिः२०७५ चैत ५ मंगलबार
Comments