काठमाडौं । स्विजरल्याण्डका मिडफिल्डर जरदान शाकिरीले युरोकप छनोट अन्तर्गतको सुरुवाती दुई खेल गुमाउने भएका छन् । ग्रोईनको चोटका कारण लिभरपुलका शाकिरीले युरोकप छनोटको सुरुवाती दुई खेल गुमाउने भएका हुन् ।
युरोकप छनोट अन्तर्गत स्विजरल्याण्डले २३ मार्चमा जर्जिया र २६ मार्चमा डेनमार्कसंग प्रतिस्पर्धा गर्दैछ । २७ बर्षीय शाकिरीले यस सिजन लिभरपुलका लागि ६ गोल गरिसकेका छन् ।
सन् २०१८ को विश्वकपमा शाकिरीले गोल गरेपछि सर्बियालाई २(१ गोल अन्तरले पराजित गर्दै स्विजरल्याण्ड अन्तिम १६ मा पुगेको थियो । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत ५ मंगलबार
Comments