काठमाडौं । स्विस स्टार रोजर फेडेरर इन्डियन वेल्स मास्टर्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् । अमेरिकाको क्यालिफोर्नियामा सेमिफाइनलमा प्रतिद्वन्दी स्पेनिस राफायल नाडालबाट वाक ओभर पाउँदै फेडेरर फाइनलमा प्रवेश गरेका हुन् ।
रुसका कारिन काचानोभविरुद्ध क्वाटरफाइनलको दौरान बोकेको चोटको कारण नाडालले सेमिफाइनल खेल त्यागेपछि फेडेररले फाइनलमा स्थान बनाएका हुन् । अब उपाधिका लागि २० पटकको ग्राण्डस्लाम बिजेता फेडेररले डोमिनिक थिमसँग खेल्ने छन् ।
डोमिनिकले क्यानडाका मिलोस रावनिकलाई ७–६ ७–३०,६–७ ३–७० र ६–४ ले पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत ३ आइतबार
Comments