काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट आउँदो शनिबारदेखि सुरु हुँदैछ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित रहेको दिल्ली क्यापिटल्सको खेल आउँदो आइतबार हुनेछ ।
तर लगातार विभिन्न देशका लिग र अन्तर्राष्ट्रिय प्रस्तिस्पर्धामा व्यस्त भएका सन्दीप लामिछाने अहिले आफ्नो परिवारसँग बिदा मनाईरहेका छन् । उनी प्रशिक्षणका लागि दिल्ली पुगेका छैनन् ।
अहिलेसम्मको तयारी अनुसार सन्दीप आउँदो बुधबार दिल्लीको टिममा सामेल हुन जाने कार्यक्रम छ । प्रतियोगिता सुरु हुनु भन्दा चार दिनअघि उनी दिल्ली गएर प्रशिक्षणमा सहभागी हुने बताइएको छ । बुधबार नभए त्यसको भोलिपल्ट सन्दीप दिल्ली पुग्ने छन् ।
वर्षभरि खेलमा व्यस्त रहेकाले सन्दीपलाई ती खेल पनि प्रशिक्षण जस्तै रहेको छ । तर उनी दिल्लीको टिममा प्रतियोगिताअघि प्रशिक्षण गर्ने समय भने कम हुने देखिएको छ ।
प्रकाशित मितिः२०७५ चैत ३ आइतबार
Comments