काठमाडौ । जिनेदिन जिदानले स्पेनिस फुटबल क्लब रियल मड्रिडमा सुखद पुनरागमन गरेका छन्। क्लब छाडेको १० महिनापछि रियल मड्रिडको प्रशिक्षकमा फर्किएका जिदानले पहिलो खेलमै जित हात पारेका हुन्।
मुख्य प्रशिक्षकको रुपमा दोस्रो पटक क्लबको जिम्मेवारीमा आएका जिदानको रियल मड्रिडले गएराति सेल्टा भिगोलाई २–० ले पराजित गर्यो। घरेलु मैदानमा रियललाई विजयी गराउन ईस्को र ग्यारेथ बेलले एक एक गोल गरे।
यो जितपछि रियल मड्रिड दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा दुई अंकले मात्रै पछि परेको छ।तेस्रो स्थानको रियलको ५४ अंक छ भने एथ्लेटिको मड्रिडको ५६ अंक छ। एक खेल कम खेलेको बार्सिलोना ६३ अंकका साथ शीर्ष स्थानमा यथावत छ। एजेन्सी
प्रकाशित मितिः२०७५ चैत ३ आइतबार
Comments