काठमाडौं । फुटबल एजेण्ट जोनाथन बर्नेटले फरवार्ड ग्यारेथ बेलको रियल मड्रिड छाड्ने चाहना नभएको बताएका छन् । पछिल्लो समय बेल रियलमा खुसी नरहेको र क्लब छाड्ने हल्ला चलेको थियो । तर, बेलका एजेण्ट समेत रहेका बर्नेटले बेलले क्लब छाड्ने कुनै योजना नबनाएको बताएका छन् ।
एजेण्ट बर्नेटले बेलले आफ्नो फुटबल करियर रियलबाटै अन्त्य गर्न चाहेको बताए । ‘उनी जीवनभर रियल मड्रिडबाट खेल्न चाहन्छन्, एजेण्ट बर्नेटले भने । बर्नेटले मिडियाले बेलबारे गलत समाचार लेखेको समेत बताए । उनले बेलले क्लबको भविष्यबारे प्रशिक्षक जिनेदान जिदानसंग कुरा गर्ने समेत बताए ।
ुबेलले जिदानसंग कुरा गर्नेछन्,ु एजेण्ट बेर्नेटले थपे,त्यसपछि सिजनको अन्तिमसम्म के हेर्नेछौं । जिदान १० महिनापछि यसै साता पुनस् रियल मड्रिडको प्रशिक्षक बनेका छन् । यस्तै बेर्नेटले बेलले खेल्ने चाहेको पोजिसन र जिदानले खेलाउने पोजिसन नमिल्दा दुईबीच खटपट भएको बताए । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २ शनिबार
Comments