काठमाडौं। जारी सिजनको च्याम्पियन्स लिगमा ८ टोली निर्धारित भएका छन् । क्वाटरफाइनलमा चार वटा इंग्लिस क्लब म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, लिभरपुल तथा टोटनहम रहेका छन् । स्पेनिस क्लब बार्सिलोना, डच क्लब आयाक्स, पोर्चुगिज क्लब पोर्तो र इटालियन क्लब युभेन्ट्स रहेका छन् ।
क्लबः आयाक्स
देशः नेदरल्याण्डस्
युइएफए बरियताः २२
जारी सिजनको नतिजाः ८ खेलमा जित, ५ खेलमा बराबरी तथा १ खेलमा हार क्वालिफाइङ सहित
अन्तिम १६ मा पराजित गरेको टिमः रियल मडिङ ५–३ गोल
उच्च गोलकर्ताः डस्टान टाडिच ६
क्लबः बार्सिलोना
देशः स्पेन
युइएफए बरियताः ३
जारी सिजनको नतिजाः ५ खेलमा जित, ३ खेलमा बराबरी
अन्तिम १६ मा पराजित गरेको टिमः लियोन ५–१ गोल
उच्च गोलकर्ताः लियोनल मेसी ८
क्लबः युभेन्ट्स
देशः इटाली
युइएफए बरियताः ५
जारी सिजनको नतिजाः ५ खेलमा जित तथा ३ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः एट्लेटिको मड्रिड ३–२ गोल
उच्च गोलकर्ताः पाउलो डिबाला ५
क्लबः लिभरपुल
देशः इंग्ल्याण्ड
युइएफए बरियताः १६
जारी सिजनको नतिजाः ४ खेलमा जित, १ खेलमा बराबरी तथा ३ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः बार्यन म्युनिख ३–१ गोल
उच्च गोलकर्ताः साडियो माने तथा मोहम्मद सलाह ३
क्लबः म्यान्चेस्टर सिटी
देशः इंग्ल्याण्ड
युइएफए बरियताः ८
जारी सिजनको नतिजाः ६ खेलमा जित, १ खेलमा बराबरी तथा १ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः साल्के १०–२ गोल
उच्च गोलकर्ताः सर्जियो अगुइरो ५
क्लबः म्यान्चेस्टर युनाइटेड
देशः इंग्ल्याण्ड
युइएफए बरियताः १५
जारी सिजनको नतिजाः ४ खेलमा जित, १ खेलमा बराबरी तथा ३ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः पीएसजी ३–३ गोल भएपछि अवे गोलको आधारमा अघि बढेको
उच्च गोलकर्ताः रोमेलु लुकाकु, पाउल पोग्बा, मार्कोस् रासफोर्ड २
क्लबः पोर्तो
देशः पोर्चुगल
युइएफए बरियताः ९
जारी सिजनको नतिजाः ६ खेलमा जित, १ खेलमा बराबरी तथा १ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः रोमा ४–३ गोल
उच्च गोलकर्ताः मोउरा मारेगा ६
क्लबः टोटनहम हट्सपर
देशः इंग्ल्याण्ड
युइएफए बरियताः १८
जारी सिजनको नतिजाः ४ खेलमा जित, २ खेलमा बराबरी तथा २ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः डर्टमण्ड ४–० गोल
उच्च गोलकर्ताः ह्यारी केन ५
क्वाटरफाइल ड्र शुक्रबार बेलुकी ४ः४५ बजे नेपाली समयअनुसार हुँदैछ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १ शुक्रबार
Comments