काठमाडौं । स्पेनिस राफायल नाडाल र स्विस खेलाडी रोजर फेडेरर इण्डियन वेल्स मास्टर्स टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।अमेरिकाको क्यालिफोर्नियामा बुधबार भएको तेस्रो चरणमा नाडालले डिएगो स्वार्टम्यानलाई तथा फेडेररले स्टान वावरिन्कालाई पराजित गरी चौथो चरणमा प्रवेश गरेका हुन् ।
दोस्रो वरियताका नाडालले स्वार्टम्यानलाई ६–३ र ६–१ को सेटमा तथा चौथो वरियताका फेडेररले वावरिन्कालाई ६–३ र ६–४ को सेटमा पराजित गरेका थिए । ३ पटकको च्याम्पियन नाडालले अब चौथो चरणमा सर्बियाका फिलिप क्राजिनोभिकसंग तथा फेडेररले बेलायतका केली एडमण्डसँग प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित मितिः २०७५ फागुन २९ बुधबार
Comments