काठमाडौं । इन्जुरी समयमा पाएको पेनाल्टीबाट गृह मैदानमा समग्र गोल अन्तरमा हारेपछि आफू सुत्न नसकेको केलियन एम्बाप्पेले खुलासा गरेका छन्। च्याप्पियन्स लिग अन्तरगत गत साता भएको खेलमा एमबाप्पेको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग अवे गोल आधारमा पराजित भएको थियो।
म स्तब्ध भएँ। हामीले यो ठाउँमा आउन कडा मेहेनत गरेका थियौुं, एक फ्रेन्च टेलिभिजनसँग एमबाप्पेले भने, म सुत्न सकेको छैन्। म विश्वस्त छु धेरैलाई यस्तै भएको हुनुपर्छ। इमानदारिताकासाथ भन्नुपर्दा त्यसलाई बिर्सन सजिलो छैन् किनकी च्याम्पियन्स लिग हाम्रो लक्ष्य थियो।
रंगशाला अभूतपूर्व अवसरका लागि पूरै भरिएको थियो, हामीले त्यसलाई बिगार्यौं। हामी त्यसलाई बिगार्न चाहदैनथियौं तर अन्तिममा त्यस्तै हुन गयोु, उनले थपे। यसैगरी उनले आगामी सिजनमा पनि पिएसजीमै रहने ग्यारेन्टी गरे। एमबाप्पेले भने “यो बहिर्गमन र यसले सिर्जना गर्ने सारा समस्या हेर्दा त्यसमा मेरो व्यक्तिगत अवस्थालाई परिवर्तन गर्नुको अर्थ छैन्। यो कुरा स्पष्ट छु”। एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन २७ सोमबार
Comments