काठमाडौं । रहिम स्ट्रलिङले ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीली इङ्लिस प्रिमियर लिगमा फुटबलमा वाटफोर्डलाई ३–१ गोलले पराजित गरेको छ । सिटीको घरेलु मैदानमा शनिबार राति भएको खेलको पहिलो हाफ गाल रहित बराबरीमा सकिएको थियो ।
शीर्ष टोली सिटीलाई जिताउन दोस्रो हाफमा रहिम स्ट्रलिङले सानदार प्रदर्शन गरे । ४६औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५०औं मिनेटमा स्ट्रलिङले टोलीको अग्रता दोब्बर बनाए । ५९औं मिनेटमा अर्को गोल थप्दै स्ट्रलिङले ह्याट्रिक पूरा गरेका थिए । वाटफोर्डका लागि ६६औं मिनेटमा जेर्राड डेउलोफेउले सान्त्वना गोल फर्काएका थिए ।
यस जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई चार अंकले पछि पारेको छ । सिटीले ३० खेलबाट ७४ अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ । सिटीसँग हारेको वाटफोर्ड ४३ अंक सहित आठौं स्थानमा छ । यसैगरी शनिबार रातिनै भएको खेलमा टोट्टनहामलाई साउथह्यामटनको नमिठो झट्का लागेको छ । साउथह्याम्टनको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा टोट्टनहाम २–१ गोलले पराजित भयो ।
टोट्टनहामले खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । ह्यारी केनले २६औं मिनेटमा गोल गर्दै टोट्टनहामको उत्साह बढाएका थिए । ७६औं मिनेटमा घरेलु टोलीका यान भालेरीले बराबरी गोल फर्काए । ८१औं मिनेटमा जेम्स वार्ड प्रोसले गोल गर्दै साउथह्यामटनको जित पक्का बनाए । त्यसपछि खेलको अन्तिम समयसम्म गोल फर्काउने टोट्टनहामको प्रयास सफल बन्न सकेन ।
हारसँगै टोट्टनहामले शीर्ष स्थानको म्यानचेस्टर सिटी र लिभरपुलसँग अंक दुरी घटाउने मौका पनि गुमाएको छ । तेस्रो स्थानमा रहेको टोट्टनहामको ३० खेलबाट ६१ अंक छ । ३० अंक बनाएको साउथह्यामटन १६औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत शनिबार रातिनै भएको अन्य खेलमा ब्रानइटनले क्रिस्टल प्यालेसलाई २–१, बर्नमाउथले हडर्सफिल्डलाई २–०, कार्डिफ सिटीले वेस्टहाम युनाइटेडलाई २–० न्युक्यासलले एभर्टनलाई ३–२ र लेस्टर सिटीले फुलहामलाई ३–१ गोलले पराजित गरेको छ । ।एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन २६ आइतबार
Comments