विराटनगर । मोरङको विराटनगरमा फागुन २८ गतेदेखि पाँचौ साफ महिला फुटबल प्रतियोगिताका हुँदैछ । सो प्रतियोगिताका लागि नेपाली टोलीले तयारी तीव्र पारेको छ ।
यसअघि काठमाडौं र सुनसरीको इटहरीमा तयारी गरेको नेपाली टोली अहिले विराटनगरस्थित डिएभी स्कुलको खेल मैदानमा तयारी गरेको हो । गत महिना भारतको केरलामा भएको हिरो महिला कपमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको टोली उच्च मनोबलमा छ ।
सार्कका छ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ। भारतमा भएको खेलमा भएका कमजोरीलाई सच्याउँदै साफ च्याम्पियनसिपमा जित्ने लक्ष्य रहेको बताइएको छ ।
प्रकाशित मितिः २०७५ फागुन २३ बिहिबार
Comments