काठमाडौं । इङ्ग्लिश प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले भारतीय क्लब किन्ने भएको छ । सिटी फुटबल ग्रुपमा सिईओ फेरान सोरीआनोले विश्वभर क्लबको शाखा फैल्याउन सिटीले भारतमा क्लब किन्न प्रयास गरिरेको बताएका छन् ।
यी सबै घटनाक्रमहरूमा हामी धैर्य हुनुपर्छ । हामी केहि बजार र देशहरूमा चासो देखाईरहेका छौं, सिईओ सोरीआनोले भनेका छन्, जहाँ वास्तविक फुटबलको धैर्यता र अवसरहरू छ, जस्तै चीन र भारत पनि । त्यसैले एसियामा अर्को अवसर हुन सक्छ।
यस्तै सिईओ सोरीआनोले यसै बर्ष भित्र भारतमा क्लब किन्ने बताए । हामी कम्तीमा दुई वर्षको लागि भारत हेरिरहेका छौं । हामी यो बर्ष भित्र भारतमा लगानी गरिसकेका हुन्छौ,ु सिईओ सोरीआनोले भने । सिटीले हालै चीनको तेस्रो डिभिजन क्लब सिचुवान जिन्यु एफसी किनेको थियो ।
यस्तै सिटीले अमरिकाको न्यु योर्क सिटी, अष्ट्रेलियाको मेलबर्न सिटी, जापानको योकोहामा,एट्लेटिको टोर्के र जिरोना लगायत क्लबमा शेयर लगाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन २१ मंगलबार
Comments