काठमाडौं । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले काएनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पीएसजीले काएनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरे । यस्तै काएनका लागि कासिमिर निन्गोलले एक गोल गरे । खेलको ५६ औं मिनेटमा निन्गोल गोल गर्दै काएनलाई अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेटपछि गोल गर्दै एम्बाप्पे खेल बराबरीमा ल्याए । खेल सकिन तीन मिनेट अगाडि एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई जित दिलाए । जितसँगै पीएसजीले २६ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५१ अंक छ । काएन २० अंक सहित रेलिगेशन जोनमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन १९ आइतबार
Comments