काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले रियललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाओ जितमा इभान राकिटिकले खेलको एक मात्र गोल गरेका हुन् । राकिटिकले खेलको २६औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाएका छन् ।
यो जितसँगै बार्सिलोनाले तेस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग १२ अंकको अग्रता हासिल गरेको छ भने अब रियल म्याड्रिडले यस सिजनमा ल लिगाको उपाधि जित्न मुश्किल देखिएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एथलेटिको भन्दा १० अंकले अगाडी रहेको छ ।
गएको बुधबार राति भएको कोपा सेमिफाइनलको एल क्लासिकोमा बार्सिलोनाले रियललाई ३-० ले पराजित गरेको थियो ।
यस खेलमा रियलका कप्तान सर्जियो रामोसले लियोनेल मेसीलाई गरेको व्यबहारको आलोचना भएको छ । उनले हाफ टाइमको ठिक अगाडी मेसीसँग फेस टु फेस भएका थिए ।
रेफ्रीले रामोसलाई यस बारे कुनै कार्ड नदिए पनि राम्रोसको यस व्यबहारको आलोचना भएको छ । रामोसमाथि जानी जानी पहेलो कार्ड खाएको आरोपमा च्याम्पियन्स लिगक दुई खेलमा प्रतिबन्ध लागाईएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन १९ आइतबार
Comments