काठमाडौं । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल बेटिसलाई १–० गोल अन्तरले पराजित गर्दै भ्यालेन्सिया फाइनलमा प्रवेश गरेको हो ।
भ्यालेन्सियाले बेटिसमाथि समग्रमा ३–२ गोलको जित निकालेको हो । पहिलो लेगमा भने भ्यालेन्सियाले बेटिससँग २–२ गोलको बराबरी खेलेको थियो । दोस्रो लेगअन्तर्गत भ्यालेन्सियाका लागि रोड्रीगो मोरेनोले निर्णायक गोल गरे ।
खेलको ५६ औं मिनेटमा मोरेनोले गरेको गोल नै निर्णायक सावित भयो । अब उपाधिका लागि भ्यालेन्सियाले बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । । बार्सिलोनाले रियल म्याड्रिडलाई समग्रमा ४–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल २५ मेमा हुनेछ ।
प्रकाशित मितिः २०७५ फागुन १७ शक्रबार
Comments