काठमाडौं । महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ। थाइल्याण्डको बैंककस्थित एशियन यन्टिच्युट टेक्नोलोजीको मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले १ सय १६ रन बनाएको थियो। नेपालका लागि विन्दु रावलले सर्वाधिक २८, रुविना क्षेत्री बेलबासेले २२, नेरी थापाले १९ र काजल श्रेष्ठले १८ बनाइन्।
जवाफी व्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० विकेटमा नौ विकेट गुमाएर ८६ रन मात्रै बनायो। उसका लागि मार्याम ओमारले सर्वाधिक २९, प्रियदा मुरलीले १४ र सब्रिन जकी र मारिएम्म हैदरले समान १२ रनको योगदान दिए।
बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलबासेले ह्याट्रिक गरिन्। यस्तै करुणा भण्डारीले तीन विकेट तथा नेरी थापाले र कविता कुँवरले समान एक–एक विकेट लिए। कुवेतका लागि मर्याम ओमार र प्रियदा मुरलीले समान दुई–दुई तथा एम्मा तारीक र मादिहा जुवेरीले एक एक विकेट लिए।
प्रकाशित मितिः २०७५ फागुन १४ मंगलबार
Comments