काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले कठिन जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले हेर्थ बिएससीलाई १–० को कठिन जित निकालेको हो । वायर्नका लागि जाभी मार्टिनेजले निर्णायक गोल गरे । खेलको ६२ औं मिनेटमा मार्टिनेजले निर्णायक गोल गरे ।
खेलको ८४ औं मिनेटमा करिम रेकिकले रातो कार्ड पाएपछि हेर्थ १० खेलाडीमा समेटिएको थियो । जितसँगै साबिकको विजेता वायर्नले लिग लिडर बोरुसिया डर्टमण्डविरुद्ध अंक बराबर गरेको छ । दोस्रो स्थानको वायर्नले २३ खेलबाट ५१ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्डको ५१ अंक नै रहेको छ । पराजित हेर्थ ३२ अंकसहित लिगको दशौं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन १२ आइतबार
Comments