काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिम थाईल्याण्डसँग पराजित भएको छ ।
बिहिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा नेपाली टिम थाईल्याण्डसँग ५७ पराजित भएको हो ।
घरेलु टोलीले दिएको १२५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६७ रनमात्रै बनाउन सक्यो । नेपालका लागि ईन्दु बर्माले २९ रन तथा सिता रानामगरले १८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि चुनिंदा सुतिरांगले ३५ रन जोड्दा नरुमल चाईवाईले ३२ रनको योगदान दिईन् । बलिङतर्फ नेपालकम नेरी थापा र कविता कुावरले २र२ विकेट लिए ।
नेपालले आफ्नो तेस्रो खेलमा भोलि युएईसँग खेल्नेछ । महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
प्रकाशित मितिः २०७५ फागुन ९ बिहीबार
Comments