काठमाडौं । बिग बास लिगको फाइनलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले १ सय ४६ रनको विजयी लक्ष्य पाएको छ। सन्दीप लामिछानले विश्व चर्चित बिग बासको फाइनल मेलवर्न रेनेगड्सवीरुद्ध घातक बलिङ गरेका छन्।
रेनेगड्सविरुद्ध ४ ओभरमा १६ रनमात्र खर्चे। सन्दीपको गुग्लीमा कुनै पनि ब्याट्समयान खुलेर खेल्न सकेनन्। घातक बलिङ गरेपनि विकेट भने सन्दीपले लिन सकेनन्। टस जितेर पहिले बलिङ राजेको मेलर्वन सामू रेनेगड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो। रेनेगड्सका लागि टम कुपरले नटआउट ४३ रन बनाउँदा डानियल क्रिस्टियनले नटआउट ३८ रन खेले।
स्टार्सका लागि ज्याक्सन मुन्रोले दुई विकेट लिए भने मार्कस स्टोनिस र ड्यानियर ओरलले समान एक एक विकेट लिए। उपाधिका लागि मेलवर्नले अहिले जवाफि व्याटिङ गरिरहेको छ।
प्रकाशित मितिः २०७५ फागुन ५ आइतबार
Comments