काठमाडौं । भारतमा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शुक्रबार नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।भारतको उडिसास्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ६ बजे सुरु हुनेछ ।
नेपाल समूह उपविजेताको रुपमा र म्यानमार समूह विजेताको रुपमा फाइनल पुगेको हो ।पहिलो खेलमा म्यानमारसँग ३–० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो भने अन्तिम खेलमा इरानलाई ३–० ले पराजित गरेसँगै नेपालको फाइनल पुगेको हो । यसैगरी म्यानमारले समूह चरणका तीन खेलमा जित हासिल गरी समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।
पहिलो खेलमा नेपाललाई ३–० ले, दोस्रो खेलमा इरानलाई २–० ले र भारतलाई २–० ले पराजित गरी म्यानमार फाइनलमा पुगेको हो ।नेपालको राष्ट्रिय महिला फुटबल टिम पहिलो पटक उपाधि भित्राउने लक्ष्यमा रहेको छ ।
फाइनलमा आज नेपालले म्यानमारसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुने छ । म्यानमार पनि लगातार अपराजित रहँदै प्रतियोगिता टुंग्याउने तयारीमा छ ।
प्रकाशित मितिः २०७५ फागुन ३ शुक्रबार
Comments