काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिएपछि बिग बास लिगमा मेलबर्न स्टार्स प्लेअफमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै मेलबर्नले प्लेअफमा स्थान बनाएको हो ।
मेलबर्नलाई प्लेअफमा छनोट गराउन नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गर्दै महत्वपूर्ण तीन विकेट लिए।
आठौँ ओभरमा टम कुरानलाई बोल्ड गरेका उनले १२ औ ओभरमा बेन द्वारहुसीलाई आउट गर्न सफल भएका थिए भने अन्तिममा उनले लायड पोपीलाई ५ रनमा बोल्ड गरे ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १४ ओभरमा अलआउट हुन पुग्यो । खेलका प्लेयर अफ म्याच मेलबर्नका कप्तान म्याक्सवेल घोषित भए।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थिय । ग्लेन म्याक्सवेलले ८२ रन बनाउँदै टोलीको उद्वार गरेका थिए । पिटर ह्यान्डकम्बले समेत ३५ रन बनाएका थिए ।
प्रकाशित मितिः २०७५ माघ २७ आइतबार
Comments