काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईले पहिलो टी,ट्वान्टी क्रिकेटमा नेपाल २१ रनले पराजित भएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दै ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे । यस्तै सोमपाल कामीले २७ तथा कप्तान पारसले २५ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
युएईका लागि शाईमन अनवरले ५९, मोहमद उस्मानले ३०, सिपी रिजवानले २२, मोहमद बोताले अविजित २० र कप्तान मोहमद नाभिद १ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २र२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपाल कामीले १र१ विकेट लिए । घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपालले अब शुक्रबार दोस्रो टी ट्वान्टी खेल खेल्नेछ ।
प्रकाशित मितिः २०७५ माघ १७ बिहिबार
Comments