काठमाडौं । आयोजक युनाईटेड अरब ईमिरेट्स यूएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यूएईको आबुधाबीमा गएराति भएको दोस्रो सेमिफाइनलमा कतार ४–० को फराकिलो अन्तरमा विजयी भयो ।
फाइनलमा पुगेसँगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत दिएको छ । कतारले अब एसियन कपको उपाधिको लागि जापानसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा ईरानलाई पाखा लगाउँदै जापान फाइनलमा पुगेको थियो । फाइनल खेल शुक्रबार हुनेछ ।
प्रकाशित मितिः २०७५ माघ १६ बुधबार
Comments