काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा हुँने महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तालिका सर्वोच्च निकाय आईसीसीले सार्वजनिक गरेको छ ।
२०२० को फेब्रुअरी २१ देखि मार्च ८ सम्म हुँने उक्त प्रतियोगिताको तालिका आईसीसीले मंगलबार सार्वजनिक गरेको हो । क्रिकेट प्रतियोगिता अष्ट्रेलियामा हुने भएको छ । प्रतियोगितामा वरियतामा रहेका शीर्ष १० टिमले प्रतिस्पर्धा गर्ने छन् । महिला विश्वकपको उद्घाटन खेल सिड्नी र फाइनल खेल मेलर्वनमा हुने छ ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र भारत भिड्ने छन् । समूह ए मा भारत र अष्ट्रेलियासहित न्यूजिल्याण्ड, श्रीलंका सहित एउटा क्वाली फायर खेलेर आउने टिम रहने छ । यस्तै समूह बीमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका पाकिस्तान र छनोट हुने दोस्रो टोली समावेश हुने बताइएको छ । एजेन्सी ।
प्रकाशित मितिः २०७५ माघ १५ मंगलबार
Comments