काठमाडौं । चेक गणतन्त्रकी पेट्रा भिटोभालाई पराजित गर्दै जापानी खेलाडी नाओमी ओशाकाले वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन् । भिटोभालाई २–१ को प्रतिष्पर्धात्मक सेटमा पराजित गर्दै २१ वर्षीया ओशाकाले उपाधि जितेकी हुन् ।
आठौं वरियताकी भिटोभाविरुद्धको पहिलो सेटमा ७–६ को टाइब्रेकरमा जित निकालेकी ओसाका दोस्रो सेटमा भने पराजित भइन् । दोस्रो सेटमा उनी ५–७ ले पराजित भएकी थिइन् । अन्तिम सेटमा ओसाकाले ६–४ को जित निकालिन् । अघिल्लो वर्षको युएस ओपन जितेकी ओसाकाको यो लगातार दोस्रो ग्राण्डस्लाम उपाधि हो ।
प्रकाशित मितिः २०७५ माघ १३ आइतबार
Comments