काठमाडौं । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा एथ्लेटिको मड्रिडले नौ खेलाडीमा सीमित गेटाफेलाई हराएको छ । शनिबार राति भएको सो खेलमा गेटाफेलाई २–० ले हराएको हो । एथ्लेटिकोको घरेलु मैदानमा भएको सो खेलमा घरेलु टोलीलाई जिताउन एन्टोनी ग्रिजम्यान र साउल निगुएजले समान एक–एक गोल गरे । ग्रीजम्यानले खेलको २७ औं मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई १–० को अग्रता दिलाए ।
यस्तै त्यसको १० मिनेटपछि एथ्लेटिकोले अर्को गोल थप्यो । उसका लागि निगुएजले ३७ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् । तर, पाहुना टोली गेटाफेका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिए ।खेलको ८८ औं मिनेटमा डिज्ने डाकोनाम र ९१ औं मिनेटमा लेन्द्रो काब्रेरा मैदान बाहिरिए ।
यस जितसँगै एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनालाई दबाब थपिदिएको छ । दोस्रो स्थानमा रहेको उसले २१ खेलबाट ४४ अंक बनाएको छ भने सोभन्दा एक खेल कम खेलेको बार्सिलोनासँग ४६ अंक छ ।
प्रकाशित मितिः २०७५ माघ १३ आइतबार
Comments