काठमाडौं । स्पेनिस कोपा डेल रेबाट एथ्लेटिको मड्रिड बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा जिरोनासँग ३–३ को बराबरीमा रोकिएको एथ्लेटिको जारी प्रतियोगिताबाट बाहिरिएको हो ।
एथ्लेटिको अवे गोलको आधारमा जिरोनासँग पराजित भएको हो । यी दुईको खेल समग्रमा खेल ४–४ को बराबरीमा सकिएपछि अवे गोलको आधारमा ऊ पराजित भएको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–३ गोलको बराबरी गर्दा निकोला कालिनिक, एन्जल कोर्रेआ र एन्टोनी ग्रिजम्यानले समान एक–एक गोल गरेका थिए भने जिरोनाका लागि भालेरी फर्नान्डेज, क्रिस्टियन स्टौनी बोर्जा, गार्सियाले समान एक–एक गोल गरेका थिए ।
यस्तै गए रातिको खेलबाट रियल मड्रिडले अन्तिम आठमा स्थान बनाएको छ भने सेभिल्लाले पनि क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा एथलेटिको बिल्बाओसंग १–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसहित सेभिल्ला क्वाटर्र फाइनलमा पुगेको हो ।
अन्तिम १६ को दोस्रो लेगका पाँच खेल भइसकेका छन् । पाँच टोली क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् भने अब तीन खेल भएपछि क्वार्टरफाइनल पुग्ने अन्य तीन टोलीको टुंगो लाग्नेछ ।
प्रकाशित मितिः २०७५ माघ ३ बिहिबार
Comments