काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले आफ्नो १४ औं जित दर्ता गरेको छ । चेल्सीले शनिबार राति भएको सो खेलमा न्यूकासललाई २–१ ले हराएको हो ।
चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको सो खेलमा घरेल टोलीलाई जित दिलाउन पेड्रो र विलियनले समान एक–एक गोल गरे भने पाहुना टोली न्यूकासलका सिएरन क्लार्कले एक गोल गरे ।
चेल्सीले खेलको नवौं मिनेटमा गोलको सुरुवाती गरेको थियो । उसका लागि पेड्रोले डेभिड लुइजको पासमा गोल गरेका थिए । यता पाहुना टोलीले ४० औं मिनेटमा बराबरी गरेको थियो । उसका लागि क्लार्कले गोल गरेपछि पहिलो हाफमा चेल्सी र न्यूकासल १–१ को बराबरीमा रोकिए ।
तर, दोस्रो हाफमा चेल्सीले एक गोल गर्यो । उसका लागि विलियनले गोल गरे । खेलको ५७ औं विलियनले गोल गरेपछि चेल्सीले २–१ को जित निकालेको हो ।
यस जितसँगै चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाएको छ । २२ खेल खेलेको चेल्सीसँग ४७ अंक छ भने समान खेलबाट लिभरपुलले ५७ अंक बनाएको छ । यता पराजित न्यूकासल भने १८ अंकका साथ १५ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ पुष २९ आइतबार
Comments