काठमाडौं । अर्जेन्टिनी फुटबलका महान् हस्ती डिएगो म्याराडोना पछिल्लो समय दिनानुदिन बिरामी हुँदै गइरहेका छन् । यसअघि यसै महिनाको पहिलो हप्ता विरामी भएका उनी केही दिनको अस्पताल बसाई पछि डिस्चार्च भएर घर फर्किएका थिए ।
तर, उनी फेरि अस्पताल भर्ना भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार उनी पेटमा भएको आन्तरिक रक्तश्रावको सर्जरी गनुपर्ने भएकाले फेरि अस्पताल भर्ना भएका हुन् ।
५८ वर्षीय म्याराडोनालाई शनिशार ब्वोनस आयर्सको एक निजी अस्पतालमा भर्ना गरिएको हो । हर्नियाका कारण उक्त रक्तश्राव भएको जनाइएको छ भने सो सर्जरी एक घण्टामै सकिने बताइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ पुष २९ आइतबार
Comments