काठमाडौं । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत गए रातिको खेलमा बार्सिलोनाले पराजय भोगेको छ । जारी प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो लेगको अन्तिम खेल खेलेको बार्सिलोना लेभान्टेसँग २–१ ले पराजित भएको हो ।
लेभान्टेको घरेलु मैदानमा भएको सो खेलमा घरेलु टोलीलाई जिताउन इरिक काबाको र बोर्जा मायोरलले समान एक–एक गोल भने बार्सिलोनका लागि सान्त्वनास्वरुप फिलिप्पे कौटिन्होले एक गोल फर्काए ।
खेलको चौथो मिनेटमै लेभान्टेका काबाकोले गोल गरेपछि घरेलु टोलीले अग्रता बनाएको थियो । यस्तै खेलको १८ औं मिनेटमा बोर्जाले एक गोल थपेपछि पाहुना टोली बार्सिलोना २–० ले पछाडि रह्यो ।
खेलको पहिलो हाफ २–० ले पछाडि रहेको बार्सिलोनाले खेल सकिन पाँच मिनेट बाँकी छँदा एक गोल गर्यो । बार्सिलोनाका लागि कौटिन्होले खेलको ८५ औं मिनेटमा गोल गर्दा पनि लेभान्टेविरुद्ध हार टार्न सकेनन् । र, लेभान्टेले खेल २(१ ले जित्यो । गए रातिको खेलमा बार्सिलोनाका स्टार खेलाडीबिनै मैदान उत्रिएको थियो । उसका कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, जेरार्ड पिके र जोर्डी अल्बा जस्ता खेला लेभान्टेविरुद्ध खेलेनन् ।
यद्यपि, खेलमा कौटिन्हो, ओस्मान डेम्बेले, माल्कोमलगायत खेलाडीले आफ्नो प्रदर्शन उच्च राखेका थिए । यस खेलसँगै अन्तिम १६ को पहिलो लेगका खेलहरु सकिनेछन् । अन्तिम १६ को दोस्रो लेग अर्को साताबाट सुरू हुनेछन् । दुवै लेगमा समग्रमा जित निकाल्ने टोलीले अर्को चरणमा स्थान बनाउनेछ । यदि, दुवै खेलमा बराबरी गरेमा अवे गोल निर्णायक हुनेछ ।
प्रकाशित मितिः २०७५ पुष २७ शुक्रबार
Comments