काठमाडौं । लिभरपुलका इजिप्टियन खेलाडी मोहम्मद सालाहले अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन् । लिभरपुलका फरवार्ड सालाहलाई सेनेगलमा मंगलबार राति आयोजित कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो ।
यो समेत गरेर सालाहले लगातार दोस्रो पटक यो उपाधि जिते । यसअघि उनले एकपटक यस अवार्ड चुमिसकेका छन् । सालाहले सन् २०१८ मा राष्ट्र र क्लबमा गरेको प्रदर्शनको आधारमा यस अवार्ड जितेका हुन् ।
उनले आफ्नै टिममेट साडियो माने र आर्सनलका पेरिक एम्रिक आबुमियाङलाई पछि पार्दै यस अवार्ड हात पारे । यसअघि सालाहले बीबीसी अफ्रिकन वर्ष खेलाडी अवार्डसमेत जितेका थिए ।
प्रकाशित मितिः २०७५ पुष २५ बुधबार
Comments