कामठाडौं । टोटनह्याम इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा टोटनह्यामले ट्रानमेरा रोभर्सलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको हो । टोटनह्यामका लागि स्पेनिस फरवार्ड फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे । यस्तै सेर्गी अरियरले दुई तथा ह्युङ् मिन सन र ह्यारी केनले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा सेर्गीले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा लोरेन्टले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए । ५५ औं मिनेटमा सेर्गीले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामको अग्रता तेब्बर बनाए । ५७ औं मिनेटमा सनले गोल गर्दा टोटनह्यामले ४–० को अग्रता बनायो ।
७१ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा टोटनह्यामले ५–० को अग्रता बनायो । खेलको ७२ औं मिनेटमा लोरेन्टले ह्याट्रिक पुरा गर्दा टोटनह्यामले ६–० को अग्रता बनायो । त्यसपछि ८२ औं मिनेटमा केनले गोल गरेपछि टोटनह्यामले ७–० को फराकिलो जित निकाल्यो । अवे खेलमा टोटनह्यामको यो फराकिलो जित हो ।एजेन्सी
प्रकाशित मिति : २०७५ पुष २१ शनिबार
Comments