काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज शनिबारबाट अन्तिम चरणका खेलहरु हुँदैछन् । आज दुई खेल हुँदैछ । आज हल्चोकस्थित एपीएफ मैदानमा हुने पहिलो खेल जावलाखेल युथ क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमको खेल बिहान ११ बजे सुरु हुनेछ ।
जारी लिगमा च्यासल १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । जावलाखेल १२ अंक सहित दशौं स्थानमा छ । एपीएफ मैदानमै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा सरस्वती युथ क्लबले बिभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । पुलिस १८ अंक सहित तालिकाको छैटौं स्थानमा छ । सरस्वती १३ अंक सहित तालिकाको नवौं स्थानमा छ ।
प्रकाशित मिति : २०७५ पुष २१ शनिबार
Comments